IME Life New

बलिङ र ब्याटिङ दुबै उत्कृष्ट फर्ममा रहँदा अविजित नेपालले जित्यो विश्वकप छनाैट उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय अलराउण्डर खेलाडी पाएको नेपाली राष्ट्रिय टोलीले अपराजित यात्रा जारी राख्दै ओमानमा शुक्रबार सम्पन्न आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एशिया प्यासिफिक छनाैटको उपाधि जितेको छ ।

समूह चरणदेखि सुपर सिक्ससम्मका सबै अन्तिम खेलमा अविजित रहेर नेपालले उपाधी घर भित्र्याएको हो । शुक्रबारको अन्तिम खेलमा राष्ट्रिय टोलीले एशियाली मुलुक सामोआलाई १२४ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो।

Esewa
Crest

टस हारेपछि शुरूवाती ब्याटिङ गरेको नेपाली टोलीले आशिफ शेष र उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्द्ध शतकमा २११ रनको विशाल लक्ष्य खडा गरिदिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कमजोर टोली सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै सीमित हुन पुग्यो । सामोआका लागि ब्याट्सम्यान सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।

बलिङ तर्फ नेपालका लागि ललित राजवंशीले ३ विकेट, सन्दीप लामिछाने र रोहित पौडेलले ११ विकेट लिए ।

नेपालले आसिफ शेष र उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्द्ध शतकको मद्दतले २० ओभरमा जम्मा ४ विकेट गुमाएर २११ रन जोडेको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन थपे ।

अर्का ब्याट्सम्यानद्वय लोकेश बमले ११ बलमा ३९ रन र कप्तान रोहित पौडेलले अविजित २१ रनको योगदान दिए । कुशल भुर्तेलले १७ रन बनाए ।

सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १-१ विकेट लिए ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । जापानसँग जितपछि हासिल २ अंक लिएर सुपर सिक्स चरणमा पुगेको नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईमाथि १ रनको रोमाञ्चक जित दर्ज गरेको थियो ।

त्यसैगरी प्रतियोगिताको दोस्रो खेलमा कतारविरुद्ध ५ रनको जित निकाल्दै नेपालले टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनाैटमा पर्ने संभावना बलियो बनाएको थियो। तेस्रो खेलमा ओमानमाथि उसको घरेलु मैदानमै नेपालले ३८ रनको फराकिलो अन्तरले जित हात पार्यो । यो जित सँगै छनाैट कपको उपाधिको एक्लो दाबेदार बन्यो।

११ वर्षपछि आईसीसीको उपाधिः

नेपालले ११ वर्षपछि पहिलो पटक आईसीसीको प्रतियोगितामा उपाधि हात पार्न सफलता पाएको हो । सन् २०२३ मा विश्वकप छनाैटमा नेपाल अन्तिम खेलमा ओमानसँग सुपर ओभरमा पराजित हुँदा निराश हुनु परेको थियो । सन् २०१४ यता आईसीसीको आयोजनामा हुने छनोटलगायतका प्रतियोगिता नेपालले जित्न सकेको थिएन ।

प्रतियोगिताबाट प्राप्त अंकको आधारमा छनाैटमा परेका नेपाल, यूएई र ओमानले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्ने टी-२० विश्वकपमा सहभागिताको अवसर सुनिश्चित गरेका छन् ।

प्रशिक्षक लि र कप्तान पाैडेलको सफलताः

नेपाली टोलीको अविजित यात्रामा प्रशिक्षक स्टुअर्ट लिको खेलाडी छनाैट र प्रशिक्षणमा महत्वपूर्ण योगदान रह्यो। राष्ट्रिय टोलीका कप्तान रोहित पाैडेलले निक्कै चुस्त रणनीतिका साथ मैदानमा खेलाडी उतारे। उनले राष्ट्रिय टोली संकटको अवस्थामा रहेका बेला गुलशन झा जस्ता पूर्ण आत्मविश्वासी ब्याट्सम्यानलाइ कमान दिने र अन्तिम ओभरहरूमा उपकप्तान दीपेन्द्र र बलर सन्दीपलाइ बलिङमा उतार्ने निर्णय निक्कै सुझबुझका साथ लिएका थिए। यद्दपी उनले लामो अन्तरालपछि मैदानमा फर्किएका महम्मद आदिल आलम र पछिल्लो समय ब्याटिङमा लय गुमाएका कुशल मल्ललाइ माैका दिएर जोखिम पनि मोले ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS