IME Life New

पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशनका लागि राष्ट्र बैंकले दियो यस्तो निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले जारी गर्ने वित्तीय विवरण प्रकाशनमा कडा निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज क, ख, ग, घ र पूर्वाधार विकास बैंकका नाममा परिपत्र जारी गर्दै वित्तीय विवरण प्रकाशनमा निर्देशन दिएको हो।

‘आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमा प्रोदभावी आधारमा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकमबाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्था अनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ’, परिपत्रमा भनिएको छ।

Esewa
Crest

यसैगरी बैंकहरुले राष्ट्र बैंकमा पठाउनुपर्ने मासिक र त्रैमासिक विवरण तथा प्रकाशन गर्नुपर्ने अन्तरिम वित्तीय प्रतिवेदन आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासको हकमा राष्ट्र बैंकमा पठाउन एवं अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न २०८२ कात्तिक २१ गतेसम्म समयावधि थप गरिएको पनि परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS