IME Life New

असोज १८ को बाढीपहिरोबाट क्षतिग्रस्त सम्पत्तिको हालसम्म सवा ३ अर्ब बढीको बीमा दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज १८ गतेको भारी वर्षाका कारण सिर्जित बाढीपहिरोबाट क्षतिग्रस्त सम्पत्तिको सर्वा ३ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले आज जारी गरेको तथ्यांकअनुसार १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा ७०४ वटा दाबीको ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँबराबरको दाबी परेको हो। हालसम्मको कुल दाबीमा शिखर इन्स्योरेन्समा सबैभन्दा बढी रकमको दाबी परेको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा ६० करोड ९४ लाख रुपैयाँ बढीको दाबी परेको छ। यो रकम ५४ वटा दाबीको हो।

यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६८ वटा दाबीको ५० करोड ६४ लाख रुपैयाँ र तेस्रोमा एनएलजी इन्स्योरेन्सले ४३ वटा दाबीको ५० करोड ४७ लाख रुपैयाँबराबर भुक्तानी गर्नुपर्ने देखिएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३७ वटा दाबीको ३७ करोड ५ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २५ वटा दाबीको २९ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS