IME Life New

बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ६% भन्दा तल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वाणिज्य बैंकको कात्तिकका लागि मुद्दति निक्षेपको ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ।

बैंकहरुले आज सार्वजनिक गरेका कात्तिकका लागि ब्याजदरको सूचनाबाट यस्तो देखिएको हो। हालसम्म प्राप्त १८ वटा वाणिज्य बैंकको सूचनाअनुसार १७ वटाको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कम रहेको छ भने एउटाको ६ प्रतिशत रहेको छ।

Esewa
Crest

ग्लोबल आइएमई बैंकले कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ प्रतिशत दिने भएको छ भने एनआईसी एसिया बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ५.६५ प्रतिशत, सिद्धार्थ बैंक राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत तथा माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत दिने भएका छन्।

यसैगरी एभरेस्ट बैंक, कुमारी बैंक र हिमालयन बैंकले ४ प्रतिशत तथा कृषि विकास बैंकले ४.९५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४.७५ ब्याज दिने भएका छन्।

नियामकीय प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत थपेर रेमिट्यान्स निक्षेप र १ प्रतिशत संस्थागत मुद्दति निक्षेपमा ब्याजदर निर्धारण गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS