IME Life New

सन् २०४० सम्म सुनको भाउ प्राइभेट जेटको मूल्यजति पुग्ने !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो वर्ष सुनको भाउ लगातार उकालो लागेको छ। नेपाली बजारमा आज प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।

एक किलोमा ८५.७४ तोला सुन हुन्छ। अर्थात आजकै मूल्यले एक किलो सुनको भाउ २ करोड १५ लाख १२ हजार रुपैयाँबराबर पुगेको छ।

Esewa
Crest

भारतको आरपीजी समूहका अध्यक्ष हर्ष गोयन्काले सामाजिक सञ्जालमा एउटा पोस्टमा १ किलो सुनको मूल्यलाई कारसँग तुलना गरेका छन्।

गोयन्काका अनुसार सन् १९९० मा १ किलो सुनको मूल्य मारुती ८०० कार बराबर थियो र सन् २०२५ सम्ममा यो ल्यान्ड रोभरजस्तो लक्जरी कारको स्तरमा पुग्नेछ।

  • सन् १९९०ः १ किलो सुन= मारुती ८०० कार
  • सन् २०००ः १ किलो सुन= मारुती एस्टिम (मध्यम–वर्गको कार)।
  • सन् २००५ः १ किलो सुन= टोयोटा इनोभा (पारिवारिक एसयूभीको सुरुआत)।
  • सन् २०१०ः १ किलो सुन= टोयोटा फच्र्युनर (लक्जरी एसयूभी)।
  • सन् २०१९ः १ किलो सुन= बीएमडब्ल्यू (प्रिमियम ब्रान्ड)।
  • सन् २०२५ः १ किलो सुन= ल्याण्ड रोभर

गोयन्काका अनुसार सन् २०३० मा एक किलो सुनको भाउ रोल्स रोयस कार र सन् २०४० मा प्राइभेट जेटको मूल्यबराबर हुन सक्छ।
गोयन्काको यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सुनको मूल्य बढ्नुका ३ प्रमुख कारण

चाडपर्वको मौसमको मागः दिपावली र धनतेरसमा सुन किन्नु शुभ मानिन्छ। यसले उच्च मूल्यका कारण मात्रा कम भए पनि बलियो खरिद रुचि निम्त्याएको छ।

भूराजनीतिक तनावः मध्यपूर्वमा अशान्ति र व्यापार युद्धको चिन्ताका कारण लगानीकर्ताले सुन किनिरहेका छन्। अमेरिकी नीतिका बारेमा अनिश्चितता पनि कायमै छ।

केन्द्रीय बैंकको खरिदः विश्वभरका प्रमुख बैंकहरु डलरमा आफ्नो निर्भरता कम गर्न चाहन्छन्। त्यसैले उनीहरुले आफ्नो भण्डारमा सुनको हिस्सा निरन्तर बढाइरहेका छन्।

गोल्डम्यान स्याक्सले अर्को वर्ष सन् २०४० सम्ममा प्रतिऔंस सुनको मूल्य ५ हजार डलर (लगभग ७ लाख ५ हजार रुपैयाँ) पुग्ने अनुमान गरेको छ। एक औँसमा २.४३ तोला हुन्छ। यसको मतलब सन् २०२६ सम्ममा करिब ३ लाख रुपैयाँ पुग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS