IME Life New

ग्लोबल आइएमई बैंकले डाक्यो वार्षिक साधारणसभा, अजेन्डा यस्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा आउँदो कात्तिक २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले सहायक कम्पनीहरु ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई सेक्युरिटिजसमेतको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।

सोही सभाले बैंकको नियमावली र प्रबन्धपत्रमा व्यावसायिक उद्देश्य थप र संशोधन गर्ने र सोमा नियमनकारी निकायबाट प्राप्त सुझाव वा संशोधन गर्न निर्देशनमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS