IME Life New

ब्याटिङमा कुशल भुर्तेल र बलिङमा गुलशन झा चम्किंदा नेपालले सुरक्षति गर्यो क्रिकेट उपाधी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईसीसी टी २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट २०२५ अन्तर्गत सुपर सिक्समा अपराजित यात्रा जारी राख्दै नेपाल उपाधी सुनिश्चित गर्न सफल भएको छ। नेपालले ३८ रनको अन्तरले ओमानलाई उसकै घरेलु मैदानमा पराजित गर्दै उपाधी सुरक्षित गर्न सफल भएको हो ।

घरेलु टोली ओमानविरूद्ध बुधबार मस्कटस्थित नेशनल क्रिकेट एकेडेमीको अल अमेरात क्रिकेट मैदानमा भएको निर्णायक खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १५१ रन जोडेको थियो।

Esewa
Crest

नेपालको जितमा म्यान अफ दी म्याच घोषित कुशल भुर्तेलले ब्याटिङमा र बलर गुलशन झाले बलिङतर्फ उल्लेख्य योगदान दिए।

नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ७ चाैका र १ छक्काको मद्दतले ६९ रनको उल्लेख्य योगदान दिएका थिए। ओमानका बलर नदिम खानको बलिङमा एलबिडब्लु हुनु अघिसम्म आशिफ शेषले २० बलमा १ छक्का र २ चाैका सहित २४ रन जोडे । गुलशन झाले १८ र महम्मद आदिल आलमले १६ रन जोडे। यी चार खेलाडी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका ब्याट्सम्यान कप्तान रोहित पाैडेल २ बलमा १ रनमै एलबिडब्लु भए भने उपकप्तान दिपेन्द्र ऐरी पनि उनकै बाटो पछ्याउँदै ५ बलमा २ रन बनाएर एलबिडब्लु हुँदै पेभिलियन फर्किन बाध्य भएका थिए। नन्दन यादवले ९ रन र कुशल मल्लले ७ रन थपे। लोकेश बम पहिलो बलमै आउट भए।

जवाफी ब्याटिङमा १५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको ओमानले शुरूवाती बल्लेवाज(ब्याट्सम्यान)का रूपमा कप्तान जतिन्दर सिंहलाई थोरै रनमै मैदान बाहिर देख्न बाध्य भयो। फिल्डिङका क्रममा लड्दा घाइते भएका उनी दाैडेर रन लिन शारीरिक रूपमा तयार नहुँदा स्ट्राइक लिने प्रयास गर्ने क्रममा सोमपाल कामीको बलिङमा उपकप्तान दिपेन्द्र सिंह ऐरीको क्याचबाट आउट भए। जतिन्दर सिंहले ११ बलमा २ छक्काको मद्दतले १४ रनको योगदान दिएका थिए ।

बलिङतर्फ  ओमानका लागि नदिम खानले ४ विकेट र सुफियान महम्मद र जितेन रमानन्दीले समान २ विकेट हात पारेका थिए।

जवाफी ब्याटिङमा ओमानी खेलाडीले पुरै २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ११३ रनमा सीमित हुन पुगेका थिए । ओमानका लागि ब्याट्सम्मानहरू बिनायक शुक्ला ३२, महम्मद नदिमले २५ रन, कप्तान जतिन्दर सिंहले १४ रन र आर्यन विष्टले ११ रनको योगदान दिएका छन्। यी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालको तर्फबाट बलिङ गरेका गुलशन झाले ३ विकेट, सोमपाल कामीले २, नन्दन यादवले २ र सन्दीप लामिछानेले १ विकेट झार्न सफल भए।

खेलको ७ औँ ओभरमा लगातार  महम्मद नदीम र आनन्दीलाइलाइ मैदानबाट बाहिर पठाएका थिए । झाको बलिङमा कप्तान रोहित पाैडेलले मैदानको सीमाको डोरी छुनै आँटदा शरिरको सन्तुलन कायम राख्दै नदीमले प्रहार गरेको बल क्याच गरे भने आनन्दीलाई झाले १ बल पनि खेल्न नदिइ मैदानबाट पेभिलियन फर्काइ दिए।

बुधबारको खेल सकिनु अघि नै अंक तालिकाको आधारमा नेपाल र ओमान दुबैले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी २० विश्वकपमा स्थान सुरक्षित पारि सकेका छन् ।

नेपालले अब सुपर सिक्सको अन्तिम खेल शुक्रबार समोआसँग खेल्नेछ। आठ अंक सहित नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकको साथ दोश्रो स्थानमा झरेको छ। अविजित यात्रा जारी राखेको नेपालले अन्तिम खेल अघि नै उपाधी सुरक्षित गर्न सफल भएको हो।

नेपालले यसअघि कुवेत, जापान, यूएई र कतारलाई पराजित गरेर उत्कृष्ट प्रदर्शन गरेको थियो। यो प्रतियोगिता अघि पनि नेपालले पूर्ण टेष्ट सदस्य राष्ट्र वेस्ट इन्डिजलाई हराउँदै युनिटी कप २-१ जितेको थियो ।

तस्वीर श्रोतः नेपाल क्रिकेट संघ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS