IME Life New

बीमा प्राधिकरणबाट २ महिनामा २७ वटा उजुरी फर्छ्यौट, टुंग्याउन बाँकी अझै कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो २ महिना भदौसम्म २७ वटा उजुरी फर्छ्यौट गरेको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको भदौसम्म ४२६ वटा उजुरी परेका थिए। जसमा २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फर्छ्यौट भएको हो। अब फर्छ्यौट हुन बाँकी उजुरी ३९९ वटा रहेको छ।

Esewa
Crest

प्राधिकरणमा गत आर्थिक वर्ष २०८१।८२ को बाँकी ३९४ वटा उजुरी यो वर्ष सरेर आएका छन् भने यो वर्ष भदौसम्म प्राधिकरणको केन्द्रीय कार्यालयमा २३ वटा र प्रदेश कार्यालयहरुमा ९ वटा उजुरी परेका छन्।

गत आर्थिक वर्षमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए। त्यसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फर्छ्यौट गरेको थियो। बाँकी रहेको ३९४ वटा उजुरी चालु आर्थिक वर्षमा सरेर आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS