काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ५८ अंकले घटेर २,५०५ को विन्दुमा कायम भएको छ । आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ९३ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया ब्लोन्स फन्डका इकार्यधनीले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।


















