IME Life New

नेप्सेको व्यवस्थापनले बोनसको विषयमा कानुनी व्याख्या गर्न सर्वोच्चलाई गुहार्यो, रिट दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्या गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)को व्यवस्थापन समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

नेप्सेको व्यवस्थापन समितिले मंगलबार सर्वोच्चमा रिट दायर गरेको हो। रिट दायर गर्न नेप्से सञ्चालक समितिले व्यवस्थापन समितिलाई अधिकार प्रदान गरेको थियो। रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ। रिटमा नेपाल सरकार र अर्थ मन्त्रालयलाई विपक्षी बनाइएको छ।

Esewa
Crest

केही वर्षदेखि नेप्सेमा कर्मचारीले पाउने बोनसका विषयमा विवाद हुँदै आएको छ। कर्मचारीले नियमसंगत ढंगले ५ प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै आएका छन्। तर, अर्थ मन्त्रालयले भने १ प्रतिशतमात्र दिन नेप्से सञ्चालक समितिले पत्र पठाउँदै आएको छ। अर्थले १ प्रतिशतभन्दा बढी बोनस विवरण गरे सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने निर्देशन दिएको छ।

अब सर्वोच्चले नै कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्या गर्ने नेप्सेका सीईओ चूडामणि चापागाईंले बताए। ‘त्यसपछि बोनस विवाद टुंगिने आशा छ।’

यसअघि कर्मचारीले नेप्से सञ्चालक समितिलाई विपक्षी बनाउँदै श्रम कार्यालय र श्रम अदालतमा मुद्दा दायर गरेका थिए। तर, श्रम कार्यालय र श्रम अदालतले कहिले कर्मचारीको पक्षमा त कहिले अर्थ मन्त्रालयको पक्षमा फैसला गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS