IME Life New

बेलायतले कडा बनायो भिसा नियम, ए लेभलको अंग्रेजी बोल्न अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतले भिसा नियम कडा पार्दै देशमा प्रवेश गर्नेहरुका लागि ए लेभलको अंग्रेजी प्रवीणता अनिवार्य बनाएको छ।

बेलायती सरकारले चाँडै नै कडा नयाँ नियमहरु लागू गर्नेछ। जसमा केही आप्रवासीले बेलायतमा प्रवेश गर्न ए लेभल (उच्च माध्यमिक) अंग्रेजीमा प्रवीणता हासिल गर्नुपर्नेछ। यी परिवर्तन सन् २०२६ जनवरी ८ देखि लागू हुनेछन्। यसले केही स्नातक आवेदक र ‘कुशल कामदार’ वा ‘स्केल–अप’ भिसाका लागि आवेदन दिनेलाई असर गर्नेछ।

Esewa
Crest

सरकारले यी नयाँ नियम मे महिनामा जारी गरिएको श्वेतपत्रमा उल्लिखित बेलायतमा आप्रवासन घटाउने फराकिलो योजनाको हिस्सा भएको जनाएको छ। गृह सचिव शबाना महमुदले भनिन्, ‘यदि तपाइँ यो देशमा आउनुभयो भने तपाइँले हाम्रो भाषा सिक्नुपर्छ र समाजमा योगदान दिनुपर्छ।’

महमुदले थपिन्, ‘यस देशले सधैँ यहाँ योगदान गर्न आउनेहरुलाई स्वागत गरेको छ। तर, आप्रवासीहरुले हाम्रो भाषा नसिखी यहाँ आउनु र हाम्रो राष्ट्रिय जीवनमा योगदान दिन असमर्थ हुनु अस्वीकार्य छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS