IME Life New

नेपालको अर्थतन्त्रको आकार रू ६१ खर्ब भन्दा माथि पुग्यो, पोहोरको वृद्धि दर ४.१ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब रूपैयाँभन्दा माथि पुगेको छ।

मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष २०८१/८२अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रूपैयाँ पुगेको छ। गत आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रह्यो।

Esewa
Crest

अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, गत आर्थिक वर्षको लागि विनियोजित बजेटमध्ये कुल ८१.३३ प्रतिशत रकम मात्र खर्च भएको छ। सरकारले १८.६० खर्ब ३० करोड रुपैयाँको विनियोजन गरेकोमा १५.१२ खर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको थियो।

Ministry of Finance Annual Report 208182

प्रतिवेदन अनुसार, चालु खर्चको तुलनामा पूँजीगत खर्च निक्कै थोरै छ। चालू खर्चका लागि विनियोजित रकममध्ये ८३.८४ प्रतिशत खर्च हुँदा पूँजीगत तर्फ जम्मा ६३.५६ प्रतिशत खर्च भएको छ । गत आवमा चालू खर्च अन्तर्गत ९ खर्ब ५६ करोड रुपैयाँ र पूँजीगत खर्च अन्तर्गत २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ खर्च भएको छ।

वित्तीय व्यवस्थापनको हिसाबले, विनियोजन गरिएको ३ खर्ब ६७ अर्ब रुपैयाँमध्ये ३ खर्ब ३२ अर्ब रुपैयाँ वा ९०.५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्षमा कुल राजस्व संकलन लगभग ११ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। उक्त रकममध्ये कर राजस्व लगभग १० खर्ब ४९ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो भने गैर-कर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३७ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।

१४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँको बजेट राजस्व संकलन लक्ष्यको तुलनामा, लक्ष्यको लगभग ८४.२८ प्रतिशत प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS