काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले घटेर २,५२८ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै शुभम पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।


















