काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४३ अंकले घटेर २,५२८ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १६ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसीको १२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शुभम पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















