IME Life New

काठमाडौंमा बोतलको पानीको अधिकतम खुद्रा मूल्य रु. १६, जारको पानी रु. ४७ तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका लागि बोतल र जारको पानीको मूल्य निर्धारण गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लिटर बोतलको पानी र २० लिटर जारकोको पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको हो। जसअनुसार काठमाडौं उपत्यकाभित्र १ लिटर बोपतको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र जारको पानीको ४७ रुपैयाँ तय गरिएको छ।

Esewa
Crest

यसैगरी उपत्यकाबाहिर १ लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ र जारको पानीको ६० रुपैयाँ निर्धारण गरिएको छ।

उल्लेखित मूल्यभन्दा बढी रकम लिएको खण्डमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS