IME Life New

शिखर इन्स्योरेन्सले साढे १९% ले बढायो व्यापार, मोटर बीमाको बिजनेस सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो व्यापार साढे १९ प्रतिशतले बढाउन सफल भएको छ।

कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को असोज ९ गतेसम्म कम्पनीले १ अर्ब २३ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले १ अर्ब २ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १९.५८ प्रतिशतले बढेको छ।

Esewa
Crest

कम्पनीको मुख्य व्यापार मोटर बीमातर्फ देखिएको छ। मोटर बीमातर्फ कम्पनीले समीक्षा अवधिसम्म ४३ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोज ९ गतेसम्म कम्पनीले मोटर बीमामार्फत ३७ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

यसैगरी चालु आर्थिक वर्षको असोज ९ गतेसम्म कम्पनीले सम्पत्ति बीमातर्फ ३२ करोड २६ लाख रुपैयाँ, विविधतर्फ १८ करोड ५ लाख रुपैयाँ र कृषितर्फ १० करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा सम्पत्ति बीमाको व्यापार २१ प्रतिशत र विविधको २७.४९ प्रतिशतले बढ्दा कृषिको भने १३.५४ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा अवधिसम्म इन्जिनियरिङ बीमातर्फ ८ करोड ८६ लाख रुपैयाँ, समुद्री बीमातर्फ ७ करोड ५१ लाख रुपैयाँ, हवाई बीमातर्फ २ करोड ७३ लाख रुपैयाँ र लघु बीमातर्फ १ लाख रुपैयाँको व्यापार भित्र्याएको छ। कम्पनीका अनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा इन्जिनियरिङ बीमाको व्यापार ४३.४३ प्रतिशत र हवाई बीमाको ३४५.६१ प्रतिशतले बढ्दा लघुको व्यापार ६४.०६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS