IME Life New

‘जेन जी’ आन्दोलनबाट आहत निजी क्षेत्रलाई राहत दिने प्रयास गर्दै शिखर इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘जेन जी’ आन्दोलनको क्रममा निशाना बनाइएका निजी क्षेत्रलाई छिटोछरितो क्षतिपूर्ती भुक्तानी दिएर शिखर इन्स्योरेन्सले राहत दिने प्रयास जारी राखेको छ।

इन्स्योरेन्सले आन्दोलनको एक महिनाको अवधिसम्ममा स्थलगत सर्वेक्षण प्रतिवेदन र बीमितबाट प्राप्त सबुद प्रमाणको आधारमा ४१ करोड रूपैयाँ दाबी भुक्तानी दिइसकेको छ।

Esewa
Crest

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेयले अप्ठेरो परेका बेला नै बीमा कम्पनीको महत्व हुने भएकाले शिखर इन्स्योरेन्सले हरसंभव द्रूत गतीमा बीमितलाई क्षतिपूर्ती भुक्तानी दिने प्रयास गरिरहेको बताए। उनले भने, हामी बीमितका लागि सधैं दुःखको साथी बन्ने प्रयासमा रहन्छाैं, अहिले पनि हामी त्यही उद्देश्यका साथ खटिएका छाैं।

इन्स्योरेन्सका अनुसार, एक महिनाको अवधिभित्र सम्पत्ति बीमा अन्तर्गत सर्वाधिक २७ करोड ९० लाख ९५ हजार रूपैयाँ भुक्तानी गरिएको छ। यसैगरी मोटर बीमा अन्तर्गत १० करोड ३२ लाख रूपैयाँ र इन्जिनियरिङ बीमा अन्तर्गत २ करोड ८४ लाख रूपैयाँ दाबी भुक्तानी गरिएको छ।

एटिएम मेशिनमा भएको तोडफोड, लुटपाटको क्षतिपूर्तीवापत २ करोड ८० लाख रूपैयाँ भुक्तानी गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ।

शिखर इन्स्योरेन्समा बीमा गरिएकामध्ये ‘जेन जी’ आन्दोलनको क्रममा भदाै २४ गते भएको तोडफोड, लुटपाट र आगजनीबाट झण्डै २ अर्ब ४१ करोड ७० लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ।

पाण्डेयले भने, ‘बीमा गरिएका सबै सम्पत्तिको पर्याप्त पुनर्बीमा गरिएकाले क्षतिपूर्ती पाउनेमा बीमितहरू ढुक्क भए हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS