काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव २५ अंकले बढेर २,५४७ को विन्दुमा कायम भएको छ । आज २ सय कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।


















