IME Life New

बीमा प्राधिकरणमा बीमांकी तथा बीमांकी विश्लेषकहरुसँग अन्तर्क्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बीमांकी तथा बीमांकी विश्लेषकहरुसँग छलफल एवं अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बीमा क्षेत्रलाई दीर्घकालीन रुपमा स्थापित गर्नका लागि बीमांकीयज्ञान तथा बीमांकीय जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताएका छन्। प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारीले बीमांकी विश्लेषक तथा सुपरिवेक्षकहरुसँग गरिएको सर्भेक्षणको नतिजा प्र्रस्तुत गर्दै समग्र बीमा क्षेत्रमा बीमांकी विश्लेषकहरुको सहभागिता बढ्दै गएको जानकारी दिइन्।

Esewa
Crest

प्राधिकरणकी उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पुँजीको कार्यान्वयन, जोखिममा आधारित पुँजीमा आर्थिक वर्ष २०८१।८२ मा अद्यावधिक भएका व्यवस्था र प्रतिवेदन पेस गर्दा बीमकहरुले ध्यान दिनुपर्ने विषयमा प्रस्तुति गरिन्।

एक्चुरियल सोसाइटी अफ नेपालकी अध्यक्ष प्रेक्षा माथेमाले बीमांकी तथा बीमांकी विश्लेषकहरुको ज्ञान, सीप र क्षमता विकासमा सहयोग गर्न सोसाइटी तयार रहेको बताइन्। कार्यक्रममा बीमांकी विश्लेषकहरुले आआफ्ना कार्य अनुभव, विद्यमान चुनौती र नियामकीय सहयोगलगायतका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा एक्चुरियल सोसाइटी अफ नेपालका पदाधिकारी तथा सदस्यहरु र बीमा विश्लेषकहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणकी सहायक निर्देशक सुधा काफ््लेले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS