IME Life New

आइसीसी टी ट्वान्टी विश्व कप क्रिकेटको समूह चरणमा नेपालसँग यूएई पराजित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओमानमा जारी आइसीसी टी ट्वान्टी विश्वकप एशिया इष्ट एशिया छनाैट अन्तर्गतको क्रिकेट प्रतियोगितमा नेपालले परम्परागत प्रतिद्वन्द्वी युएइलाइ १ रनको अन्तरले पराजित गर्न सफल भएको छ।

समूह चरणको खेल अन्तर्गत नेपालले १४१ रनको लक्ष्य दिएकोमा यूएइले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै जम्मा १३९ रनमा सीमित हुन पुगेको थियो। अन्तिम ओभरमा नेपालका उपकप्तान अलराउण्डर दिपेन्द्र सिंह ऐरीको बलिङमा लगातार तीन विकेट झर्दा खेल नेपालको पक्षमा गएको हो ।

Esewa
Crest

आइतबार साँझ भएको खेलमा यूएईका लागि अलिशान शराफुले ४० बलमा ३ चाैका र ५ छक्का प्रहार गर्दै धुँवाधार ब्याटिङ गरेर ५८ रनको अर्धशतकीय पारी खेले पनि जित दर्ज गराउन सकेनन् । मैदानमा १५ अोभर पछि प्रति बल १० रनको अाैसत लक्ष्य पुरा गर्नुपर्ने दबाबमा रहेको यूएईका लागि ध्रुव प्रशारले छक्का प्रहार गर्दै ३२ रनको महत्वपूर्ण योगदान गरेका थिए । अर्का ब्याट्सम्यान जोनाथन फिगी १९ रन बनाए।

नेपालका लागि उपकप्ता दिपेन्द्र सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए। त्यस्तै सोमपाल कामी, गुलशन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए। अन्तिम अोभरमा बलिङ सम्हालेका ऐरीको बलिङमा यूएईका ब्याट्सम्यानले प्रहार गरेको बल क्याच गर्दै फिल्डर सन्दीप जोराले खेल नेपालको पक्षमा पारेका थिए।

नेपालले पहिले ब्याटिङ गर्दै अलराउण्डर आशिफ शेखको अर्द्ध शतकको भरमा ६ विकेटको नोक्सानीमा १४० रन जोडेको थियो। शेखले कुशल भुर्तेलसँगको सहकार्यमा ५६ रनको साझेदारी गरेका थिए। नेपालका लागि सर्वाधिक रन बनाएका आशिफ शेखले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए।

२६ बलमा २८ रन बनाएका कुशल भुर्तेल ७.५ ओभरमा हर्षित कौशिकको बलमा एलबीडब्लु आउट हुन पुगे।

दोस्रो विकेट नेपालले १४.२ ओभरमा गुमायो। तेस्रो नम्बरमा ब्याटिड गर्न आएका कप्तान रोहितकुमार पौडेल १९ बलमा २० रन बनाएर मोहम्मद रोहिदको बलमा क्याचआउट भए।

उपकप्तान दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए । नेपालको खेलमा संकटपूर्ण अवस्थामा अब्बल प्रदर्शन गर्दै आएका गुल्सन झाले ५ बल खेल्दै २ छक्का र १ चौका प्रहार गरेर १४ रनको योगदान दिए। उनीर जुनैद सिद्धिकीको बलमा मोहम्मद फारुकबाट क्याच आउट भए। सिद्धिकीले लगत्तै दोस्रो बलमा कुशल मल्ललाइ १० रनमै सीमित गरिदिए। दुइ ब्याट्सम्यानहरू सोमपाल कामी ६ र सन्दिप जोरा ४ रनमा अविजित रहे।

बलिङतर्फ जुनैद सिद्धिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव परासरले समान १ विकेट लिए।

तस्वीर श्रोतः नेपाल क्रिकेट संघ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS