IME Life New

जेनजी आन्दोलनः हालसम्म बीमकहरुबाट सम्पत्ति क्षतिको डेढ अर्ब बढी दाबी भुक्तानी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको बीमा कम्पनीहरुले हालसम्म साढे १ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन्।

नेपाल बीम प्राधिकरण सार्वजनिक गरेको असोज २३ गतेसम्मको विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका हुन्। हालसम्म यी १८ वटा कम्पनीले ३ हजार ९९ वटा दाबीको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

Esewa
Crest

सबैभन्दा धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको देखिएको छ। यो कम्पनीले ३९१ वटा दाबीको ५ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। कम्पनीले हालसम्म ५९ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

यसैगरी दोस्रो धेरै रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। यो कम्पनीले ९७ वटा दाबीको ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले ५ लाख ७० हजार रुपैयाँमात्रै भुक्तानी गरेको छ।

यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २०४ वटा दाबीको २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४३१ वटा दाबीको २ अर्ब ४० करोड ८६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३३४ वटा दाबीको १ अर्ब ६० करोड ४८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २५६ वटा दाबीको १ अर्ब १५ करोड ४१ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८९ वटा दाबीको १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ। हालसम्म आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३१ करोड ९४ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ८६ लाख १६ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ७ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २१ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS