IME Life New

पेपर कपमा तातो पेयपदार्थः स्वास्थ्यमा माइक्रोप्लास्टिकको जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिले बजारमा तातो पेयपदार्थ प्रायः ‘पेपर कप’मा पिउनुपर्ने अवस्था छ। कागजको कप देख्दा धेरैलाई लाग्छ, यो पर्यावरणमैत्री र स्वास्थ्यका लागि सुरक्षित होला। तर, हालैका अन्तर्राष्ट्रिय अध्ययनहरुले भने फरक र चिन्ताजनक तथ्य बाहिर ल्याएका छन्।

पेपर कपको यथार्थः यो ‘कागज’ मात्र होइन

Esewa
Crest

अधिकांश पेपर कपहरु वास्तवमा शुद्ध कागजका हुँदैनन्। कपलाई पानी चुहिनबाट रोक्न यसको भित्री सतहमा पोलिथीन वा अन्य प्लास्टिकको एउटा पातलो तह (लाइनिङ) राखिएको हुन्छ। समस्या तब सुरु हुन्छ जब कपमा अत्यधिक तातो पेय हालिन्छ। तातोपनाले यो प्लास्टिकको तह पग्लिन्छ र त्यसबाट सानासाना प्लास्टिकका कणहरु पेय पदार्थमा मिसिन्छन्।

सिंगापुरको नेसनल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनयूएस) का विज्ञहरुले गरेको एक अनुसन्धानअनुसार तातो पेयपदार्थ १५ मिनेटसम्म कपमा रहँदा हजारौंको संख्यामा माइक्रोप्लास्टिक कणहरु छुट्ने देखिएको छ।

स्वास्थ्यमा गम्भीर असरको जोखिम

यी सूक्ष्म प्लास्टिकका कणहरु हाम्रो शरीरमा प्रवेश गर्छन् र पेट, फोक्सो वा रगतमा समेत जम्मा हुन सक्छन्। विशेषज्ञहरुको भनाइअनुसार लामो समयसम्म यस्तो तरिकाले तातो पेय पिउँदा शरीरमा जलन, सुन्निने र हर्मोन प्रणालीमा असन्तुलनसम्बन्धी समस्याहरु देखिन सक्छन्। यदि कोही व्यक्तिले दिनमा तीनपटक यस्तो कपबाट तातो पेय पिउँछ भने, दैनिक ७० हजारदेखि ८० हजारसम्म माइक्रोप्लास्टिक कण शरीरभित्र जाने जोखिम रहन्छ।

दैनिक जीवनमा सुरक्षित बानी कसरी अपनाउने ?

यो जोखिमबाट बच्नका लागि उपभोक्ताले केही सरल बानीहरु परिवर्तन गर्न सक्छन्।

  • सुरक्षित विकल्प रोज्नेः घर, अफिस वा बाहिर जाँदा सकेसम्म आफ्नो गिलास, स्टिलको बोतल वा सिरेमिक कप प्रयोग गर्ने बानी बसाल्नुहोस्।
  • लेबलमा ध्यान दिनेः ‘बायोडिग्रेडेबल’ भनिएका कपहरुमा पनि कहिलेकाहीँ भित्रपट्टि प्लास्टिक तहको प्रयोग भएको हुन सक्छ। त्यसैले पेय पिउनुअघि कपको गुणस्तर र भित्री बनावटमा ध्यान दिनुहोस्।
  • कम समयका लागि प्रयोगः तातो पेयलाई पेपर कपमा सकेसम्म कम समय (जस्तै ५ मिनेटभन्दा कम) मात्र राख्ने बानी अपनाउनुहोस्।

हाम्रो सानो सुविधा र सजिलोका लागि प्रयोग गरिने यी कपहरुले केवल व्यक्तिगत स्वास्थ्यमा जोखिम निम्त्याउनेमात्र नभएर फालिएपछि वातावरणमा समेत प्लास्टिक प्रदूषण थप्छन्। तातो पेय पिउँदा सुरक्षित कप रोज्ने बानीले वातावरणलाई स्वच्छ राख्न र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। सस्तो र सजिलो उपाय ले कहिलेकाहीँ लामो समयको गम्भीर समस्या निम्त्याउँछ। त्यसैले सचेत भएर विकल्प रोज्नु बुद्धिमानी हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS