IME Life New

सुन आयातको सीमा बढ्यो, अब दैनिक २५ किलो ल्याउन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ।

केन्द्रीय बैंकले विदेशी विनियम कारोबार गर्ने निकायका लागि जारी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको हो। अब दैनिक २५ किलोसम्म सुन आयात गर्न सकिनेछ। यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो।

Esewa
Crest

यसैगरी संशोधित परिपत्रअनुसार अब नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था)बाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ (एकपटक वा पटक–पटक)को विप्रेषण रकम ल्याउन सकिने रकम सीमा बढाइएको छ। यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो।

संशोधित परिपत्रमार्फत राष्ट्र बैंकले भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि मासिक रुपमा विवरण पेस गर्नुपर्ने व्यवस्था थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS