IME Life New

प्रभु केबलकारले डाक्यो वार्षिक साधारणसभा, आइपीओ मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजमले आफ्नो प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो पुस २६ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। शेयर जारपछि प्राप्त रकम उपभोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS