काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । एमबीएल इक्वटी फन्डका इकाईधनीले ४ दशमलव ८२ प्रशिततका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।


















