काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४५ दशमलव ३६ अंकले घटेर २,५५९ को विन्दुमा कायम भएको छ । आज १८ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् । एनआइएमबि डिबेञ्चर २०९० का इकाईधनीले ६ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।


















