IME Life New

सूचीकृत कम्पनीलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता, कसले कति तिर्नुपर्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन पुनः ताकेता गरेको छ।

नेप्सेले आज दोस्रोपटक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२।८३ का लागि धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई ताकेता गरेको हो। यसअघि गत असोज ७ गते सूचना जारी गर्दै नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन नेप्सेले आग्रह गरेको थियो।

Crest

तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्न सकिने नेप्सेले प्रस्ट पारेको छ।

कसले कति तिर्नुपर्छ वार्षिक नवीकरण शुल्क ?

विनियमावलीअनुसार चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले १ लाख रुपैयाँ तिर्नुपर्छ।

यसैगरी डिबेन्चर र म्युचुअल फन्डले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी भएमा २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा माथि भएमा ५० हजार रुपैयाँ तिर्नुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS