IME Life New

अल्बानियामा अदालतको सुनुवाइका क्रममा गोली हानी न्यायाधीशको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अल्बानियाको राजधानी तिरानामा अदालतको सुनुवाइका क्रममा गोली हानी एक न्यायाधीशको हत्या भएको छ।

अधिकारीहरुका अनुसार गोली लागेपछि न्यायाधीश एस्ट्रिट कालाहालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। सम्पत्ति विवादसँग सम्बन्धित सुनुवाइमा उपस्थित एक बुवा र छोरा पनि गोली हानी घाइते भएका छन्। तर, उनीहरुको अवस्था खतरामुक्त छ।

Esewa
Crest

प्रहरीले ३० वर्षीय संदिग्धलाई पक्राउ गरेको छ। स्थानीय मिडियाले उनको नाम एल्विस श्खेम्बी रहेको जनाएको छ।

अल्बानियाका प्रधानमन्त्री एडी रामाले न्यायाधीशको मृत्युमा शोक व्यक्त गर्दै गोली चलाउने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS