IME Life New

राताम्मे बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दसैँ बिदापछिको पहिलो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ को विन्दुमा झरेको हो।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजार घट्दा १६ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने २३५ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः २८ करोड ३१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १९ करोड ४५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ६१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १२ करोड २३ लाख रुपैयाँ
  • सिनर्जी पावरः ११ करोड ९९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ५३ लाख रुपैयाँ
  • मैलुङ खोला जलविद्युतः १० करोड ९६ लाख रुपैयाँ
  • राधी विद्युतः १० करोड ४२ लाख रुपैयाँ
  • सिक्लेस हाइड्रोपावरः १० करोड २४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ९ करोड ७२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS