IME Life New

आम्दानीको स्रोतलाई ध्यानमा राखेर बीमा गर्नुपर्छः प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो आम्दानी स्रोतलाई ध्यानमा राखेर बीमा गर्न सर्वसाधारणलाई सुझाव दिएको छ।

बीमा सचेतनाका लागि प्राधिकरणले जनचेतनामूल्क सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘बीमितले आफ्नो आवश्यकता, पेसा–व्यवसाय एवं आम्दानीको स्रोतलाई मध्यनजर गरी बीमा गर्नुपर्छ’, प्राधिकरणले सुझाएको छ, ‘अन्यथा समयावधि पूरा नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन सक्दछ।’

Esewa
Crest

यसैगरी बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त र सुविधाबारे बुझेरमात्र बीमा गर्न प्राधिकरणले सुझाव दिएको छ। ‘बीमा प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पूर्ण विवरण स्पष्टसँग खुलाई भर्नुपर्छ’, प्राधिकरणले भनेको छ।

प्राधिकरणले बीमालेखको बीमाशुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय, इच्छाएको व्यक्तिको नाम, बीमालेखबमोजिम दाबी रकम पाउने र नपाउनेजस्ता विषय बीमालेख खरिद गर्नु अगाडि नै बुझ्नुपर्ने सुझाव पनि दिएको छ।

बीमितले बीमाशुल्क बुझाएपछि यसको आधिकारिक भर्पाइ वा रसिद लिनुपर्ने प्राधिकरण सुझाएको छ।

त्यस्तै बीमासम्बन्धी प्रस्ताव फाराम बीमित स्वयंले भर्नुपर्ने प्राधिकरणको राय छ। ‘बीमित निरक्षर वा प्रस्ताव फाराम भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फाराम भर्नुपर्छ’, प्राधिकरणले भनेको छ, ‘बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेरमात्र बीमा गर्नुपर्छ।’

प्राधिकरणका अनुसार बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमै नवीकरण गर्नुपर्छ, बीमासम्बन्धी नीति–नियमबारे जानकारी राख्नुपर्छ र आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजात सुरक्षित राख्नुपर्छ।

प्रविधिको विकाससँगै विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमाशुल्क बुझाउन सकिने भएको हुँदा सोसम्बन्धी यथेष्ट जानकारी लिएरमात्र बीमा गर्नुपर्ने सुझाव प्राधिकरणको छ। ‘बीमा गरिसकेपछि आफूले बीमा गरेका बारेमा परिवारका सदस्य तथा इच्छाएको व्यक्तिलाई जानकारी गराउनुपर्छ’, प्राधिकरणले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS