IME Life New

अख्तियार प्रमुखलगायत सम्पूर्ण आयुक्तलाई राजीनामा दिन जेनजी युवाको दबाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलगायतका सम्पूर्ण आयुक्तलाई राजीनामा दिन दबाब दिएका छन्।

जेनजी समुदायको ऐक्यबद्ध समूहले आज दबाबपत्र जारी गर्दै अख्तियार प्रमुख प्रेमकुमार राईलगायतका सम्पूर्ण आयुक्तलाई राजीनामा दिन आग्रह गरेका हुन्। ‘भदौ २३ गतेबाट जेनजीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरु भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य हुन् भन्नेबारे यहाँलाई अवगतै छ। यी मागहरु पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरुको नियुक्ति गर्न आवश्यक छ’, दबाबपत्रमा भनिएको छ, ‘तपाइँ (राई)लगायत अरु सम्पूर्ण आयुक्तको नियुक्ति संसदिय सुनुवाइ बिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढंगले भएको छ। यसले तपाइँको निष्पक्षतामा ठूलो प्रश्न उठाउँछ ।’

Esewa
Crest

यसका साथै अख्तियारका पदाधिकारीहरुको कार्यहरु राजनीतिक रुपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै रहेको दबाबपत्रमा उल्लेख छ। ‘तपाइँको आझै नाम वाइडबड़ी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरुमा मुछिएको पनि छ’, दबाबपत्रमा भनिएको छ, ‘विशेष अदालतले समेत स्पष्ट रुपमा तपाइँ र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणाली माथि प्रश्न उठाएको छ। यसले भ्रष्ट्राचार अन्त्य र दोषीलाई कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्ने गलत नहोला। तपाइँको नेतृत्वमा यी कार्य निष्पक्ष रुपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन।’

यस कारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य गर्नका लागी दिएको शाहदतलाई सम्मान गर्दै नैतिकताका आधारमा अख्तियार प्रमुख राईलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि जेनजी युवाले आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS