काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा पौने १ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ७८ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि असोज २२ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ६२ करोड ४० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ११ करोड ७० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ९० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२५ अक्टोबर १२ देखि २०२६ अक्टोबर १२ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

















