IME Life New

जापानः पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा साने ताकाइची, नयाँ उचाइमा शेयर बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानको राजनीतिमा ऐतिहासिक मोड आएको छ। साने ताकाइची सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्। यससँगै उनी जापानको संसदबाट अनुमोदन भएपछि देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बलियो स्थितिमा पुगेकी छन्।

६४ वर्षीया ताकाइचीको यो सफलताले लामो समयदेखि पुरुषहरुको वर्चस्व रहेको जापानी राजनीतिमा एउटा महत्वपूर्ण कोशेढुंगा गाडेको छ। यद्यपि, उनको कट्टर राष्ट्रवादी अडान र विवादास्पद नीतिगत विचारले जापानको भविष्यको दिशा र अन्तर्राष्ट्रिय सम्बन्धहरुमा नयाँ बहस सिर्जना गरेको छ।

Esewa
Crest

नारा प्रिफेक्चरमा सन् १९६१ मा जन्मिएकी ताकाइची कोबे विश्वविद्यालयबाट स्नातक हुन्। लेखक, प्रसारक र विधायकको सहयोगीका रुपमा काम गरेपछि उनले सन् १९९३ मा स्वतन्त्र उम्मेदवारका रुपमा राजनीतिमा प्रवेश गरिन्। सन् १९९६ मा एलडीपीमा प्रवेश गरेपछि उनी पूर्वप्रधानमन्त्री शिन्जो आबेको विश्वासपात्र बनिन्।

आफ्नो लामो राजनीतिक यात्रामा उनले पूर्व प्रधानमन्त्री किशिदा फुमिओको नेतृत्वमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री र आर्थिक सुरक्षामन्त्रीसहित थुप्रै महत्त्वपूर्ण मन्त्रालय सम्हालिसकेकी छन्। सन् २०२१ र २०२४ मा असफल भए पनि सन् २०२५ को निर्वाचन जितेर उनले एलडीपीको नेतृत्व हात पारेकी हुन्।

ताकाइची आफ्ना कट्टर रुढिवादी र राष्ट्रवादी विचारहरूका लागि परिचित छिन्। उनले पूर्वप्रधानमन्त्री आबेको शैलीमा विस्तारवादी वित्तीय नीतिलाई निरन्तरता दिने पक्षमा छिन्। उनले सेमिकन्डक्टर, बायोटेक्नोलोजी र रक्षाजस्ता प्रमुख उद्योगमा लगानी गरेर राष्ट्रिय सुरक्षा र अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य लिएकी छन्।

ताकाइची अमेरिका–जापान गठबन्धन लाई सुदृढ पार्ने र जापानको शान्तिवादी संविधानको धारा ९ लाई संशोधन गर्ने वकालत गर्छिन्। घरेलु मामिलामा उनको अडान परम्परागत छ। उनी समलिंगी विवाह र विवाहित दम्पतीका लागि छुट्टै थर प्रयोग गर्ने अधिकारको विरोध गर्छिन्।

ताकाइचीको राजनीतिक यात्रा विवादरहित भने छैन। युद्ध अपराधमा दोषी ठहर भएका व्यक्तिहरुलाई समेत सम्मान गर्ने यासुकुनी तीर्थस्थलको उनको भ्रमणले चीन र दक्षिण कोरियाजस्ता छिमेकी देशसँग कूटनीतिक तनाव पैदा गरेको छ। उनी राष्ट्रियतावादी समूह निप्पोन काइगीको सदस्य पनि हुन् र उनले विगतमा जापानी युद्ध अपराधहरुलाई कम महत््व दिएको आरोप लाग्ने गरेको छ।

अध्यक्षका रुपमा ताकाइचीले अब एलडीपीको संसदीय बहुमतको अभाव, बढ्दो वृद्ध जनसंख्याजस्ता आन्तरिक चुनौती र आफ्नो राष्ट्रवादी अडानका कारण चीन र कोरियासँगको जटिल अन्तर्राष्ट्रिय सम्बन्धलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ।

जापानको राजनीतिमा महिला नेतृत्वको यो उदय एक ऐतिहासिक क्षण हो। तर, उनको कठोर विचारधार ले देशलाई घरेलु र अन्तर्राष्ट्रिय दुवै मोर्चामा कुन दिशामा लैजान्छ भन्ने विषय अहिले विश्वभर चासोको विषय बनेको छ।

यसैबीच ताकाइची देशको पहिलो प्रधानमन्त्री बन्ने दौडमा रहेसँगै जापानको शेयर बजार हालसम्मकै उच्च विन्दुमा उक्लिएको छ। टोकियोमा सोमबार दिउँसो बेन्चमार्क निक्केई २२५ सूचकांक लगभग ४.५प्रतिशतले बढेको छ र पहिलोपटक ४७ हजार विन्दुभन्दा माथि उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS