काठमाडौं । नेपाली बजारम सोमबार सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
हिजो आइतबार सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको छ। यो दिन सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १२० रुपैयाँले बढेर चाँदी २ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।

















