काठमाडौं । काठमाडौंसॅग तराई जोड्ने छोटो बाटो फाखेल हुॅदै हेटौडा जोड्ने रुटमा सार्वजनिक र निजी सवारी साधन आइतबार दिनभर गुडेका छन् ।
यो रुटमा सुमो, इभी, निजी कार र मोटर साइकल दिनभर नै गुडेका हुन् ।
यो बाटोमा कुलेखानी र हुमानेको बीचमा पर्ने हेभी नजिकै पुल क्षेत्रमा दिउसो सवारी जाम लागेको थियो।
वर्षाका कारण सडकको माटो भास्सिएकाले जाम लागेको हो। भास्सिएको सडकमा साना कारको चक्का धस्सिएर जाम लागेको हो।
हेभीमा खसेको पहिरो पन्छाएर यातायात सुचारु राखिएको छ।
यद्दपी स्थानीय प्रशासनले यातायात सञ्चालन गर्ने स्वीकृति दिएको छैन ।

















