IME Life New

बिटक्वाइनको मूल्यले बनायो नयाँ रेकर्ड, नाघ्यो १.२५ लाख डलर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिटक्वाइन क्रिप्टोकरेन्सीले आइतबार नयाँ रेकर्ड कायम गरेको छ। यसको मूल्य १ लाख २५ हजार डलर नाघेको छ।

मानिसहरुले बिटक्वाइनलाई सुरक्षित लगानी मानिरहेका छन्। त्यसैले यसको माग उल्लेखनीय रुपमा बढेको छ। बिटक्वाइनले पछिल्लो ७ दिनमा ठूलो प्रतिफल दिएको छ।

Esewa
Crest

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार १ लाख २५ हजार ६८९ डलर पुगेको छ। अमेरिकामा सरकारी कामकाज बन्दका बारेमा लगानीकर्ता चिन्तित छन्। यसले बिटक्वाइनको मूल्यमा वृद्धि भयो। यसले अगस्ट १४ मा स्थापित १ लाख २४ हजार ५१४ डलरको आफ्नो अघिल्लो रेकर्ड तोडेको छ।

अमेरिकी शेयर बजारमा आएको हरियाली छाएको र बिटक्वाइनसँग सम्बन्धित ईटीएफहरुमा नयाँ लगानीले पनि थप योगदान पुर्याएको छ। लगानीकर्ताहरु बुधबारदेखि सुरु भएको सरकारी कामकाज बन्दले पैसालाई सुरक्षित सम्पत्तिमा धकेल्न सक्ने विश्वास गरेका छन्। बजार पर्यवेक्षकहरुले यो प्रवृत्तिलाई ‘डिबेसमेन्ट ट्रेड’ भनिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS