IME Life New

चार जिल्लाका सडकखण्डमा एकतर्फी रुपमा यातायात सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार जिल्लाका सडकखण्डहरुमा एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार धादिङ, चितवन, मकवानपुर र नुवाकोट जिल्लाका सडकखण्डहरुमा एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको हो। ‘मौसममा क्रमिक रुपमा सुधार आएकोले काठमाडौंबाट ती जिल्ला हुँदै जाने सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ’, काठमाडौं प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक ईशारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउनु आग्रह गर्दछौँ।’

Esewa
Crest

विगत २ दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्गहुँदै बाहिरिने सवारीसाधन, काठमाडौंबाट नुवाकोटतर्फ जाने सवारीसाधन र काठमाडौंको दक्षिणकाली हुँदै जाने सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ। सोही सम्बन्धमा हाल मौसममा क्रमिक सुधार हुँदै गएकोले धादि, नुवाकोट र काठमाडौंको दक्षिणकाली सडकखण्डका पहिरोहरु पन्छाएर सुचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको सूचनामा उल्लेख छ। अहिले विभिन्न ठाउँहरुमा पहिरो पन्छाई एकतर्फी रुपमा सवारीसाधन सञ्चालनका लागि आवश्यक तयारीको भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनबाट प्राप्त भएको सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS