IME Life New

आसियान क्षेत्रको अर्थतन्त्रको भविष्य बीमा विस्तारमा निर्भर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आसियान क्षेत्रको आर्थिक प्रगति अब विश्वव्यापी छलफलको केन्द्रविन्दु बनेको छ। द्रुत गतिमा बढ्दो जनसंख्या, सहरीकरण र प्राविधिक परिवर्तनसँगै यस क्षेत्रका लागि चुनौती भनेको दीर्घकालीन वित्तीय स्थिरता र सामाजिक सुरक्षा सुनिश्चित गर्नु हो।

यस सन्दर्भमा प्रुडेन्सियलको हालैको अध्ययनले महत्वपूर्ण अन्तर्दृष्टि प्रदान गरेको छ। अध्ययनले जीवन र स्वास्थ्य बीमा विस्तार गर्नु सुरक्षा जालमात्र नभएर आर्थिक वृद्धि र दिगो विकासका लागि एक शक्तिशाली उत्प्रेरक पनि हो भनी बताएको छ। ‘बियोन्ड कभरेजः आसियानमा बीमाको सामाजिक र आर्थिक प्रभाव’ शीर्षकको अध्ययनले इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, थाइल्यानड र भियतनामबाट दुई दशकमा प्राप्त तथ्यांकको विश्लेषण गरेको छ।

Esewa
Crest

अध्ययन प्रतिवेदनले सन् २०५० सम्ममा जीवन बीमा कभरेज ५० प्रतिशतले बढाउनाले प्रतिव्यक्ति जीडीपी लगभग ५ प्रतिशतले र समग्र जीडीपी ४ प्रतिशतभन्दा बढीले बढ्ने पत्ता लगाएको छ। अर्कोतर्फ यदि सोही अवधिमा निर्जीवन बीमा (जसमा स्वास्थ्य बीमा समावेश छ) ५० प्रतिशतले वृद्धि भयो भने प्रतिव्यक्ति आय ३ प्रतिशतसम्म र कुल गार्हस्थ्य उत्पादन २ प्रतिशतभन्दा बढीले बढ्न सक्ने प्रतिवेदनमा अनुमान गरिएको छ।

यी तथ्यांकहरुले आर्थिक वृद्धिको हिसाबले मात्र नभई सामाजिक कल्याणको हिसाबले पनि बीमाको महत्व पुष्टि गर्छन्। बीमाले मानिसहरुको जीवनमा वित्तीय सुरक्षा ल्याउँछ। स्वास्थ्य बीमाले चिकित्सा खर्च घटाएर जीवनको गुणस्तर सुधार गर्छ। जसले गर्दा स्वस्थ कार्यबल र कार्यस्थलमा उत्पादकत्व बढ्छ।

जीवन बीमाले परिवारहरुलाई वित्तीय सुरक्षा प्रदान गरेर जोखिम कम गर्छ। यसले मानिसहरुलाई दीर्घकालीन योजनाहरु बनाउन सक्षम बनाउँछ। जसले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्छ। छोटकरीमा, बीमा क्षेत्रले कार्यबल र मानव संसाधन विकासमा प्रत्यक्ष भूमिका खेल्छ।

प्रुडेन्सियलको प्रस्तावले स्पष्ट पार्छ कि छोटो अवधिको कर प्रोत्साहन र प्रिमियम कर छुटजस्ता सहयोगी नीतिहरुले बीमा क्षेत्रलाई बढावा दिनेछन्। तर, दीर्घकालीन रुपमा वास्तविक चुनौती भनेको दक्ष कार्यबल निर्माण, सार्वजनिक–निजी साझेदारी र जनचेतना बढाउनु हो।

नीति निर्माताहरुका लागि आर्थिक योजनाको केन्द्रमा बीमा ल्याउने ठूलो अवसर छ। बीमाले संकटको समयमा सुरक्षा मात्र प्रदान नभएर लगानी, पूर्वाधार, हरित ऊर्जा र पुँजी परिचालन गरेर अर्थतन्त्रलाई पनि बलियो बनाउँछ।

यद्यपि, यो प्रगति सजिलो छैन। धेरै आसियान देशहरुमा ग्रामीण जनसंख्या अझै पनि बीमालाई अनावश्यक खर्च मान्दछ। बीमा संस्थाहरुमा विश्वासको कमी पनि एक प्रमुख बाधा हो। त्यसकारण नीतिहरुमात्र नभएर पारदर्शिता, विश्वसनीयता र जनचेतना पनि यस क्षेत्रको दीर्घकालीन सफलताको लागि पूर्वशर्तहरु हुनेछन्।

आसियान अर्थतन्त्रहरु अब विश्वव्यापी सम्भावनाको शिखरमा छन्। यस समयमा जीवन र स्वास्थ्य बीमाको विस्तारलाई वित्तीय सुरक्षाको माध्यमका रुपमा मात्र नभई आर्थिक वृद्धि र दिगो भविष्यमा रणनीतिक लगानीको रुपमा हेर्नुपर्छ। स्रोतः बीमा एसिया

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS