IME Life New

इलाममा मात्रै १८ जनाको मृत्यु, हेलिकप्टरबाट घाइतेको उद्धार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।

Crest
इलाममा पहिरोमा पुरिएको उद्धार गर्दै सुरक्षाकर्मी

त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले बताउनु भयो ।

पहिरोमा परेर घाइतेको उद्धार लागि नेपाली सेनाको हेलिकप्टर माङसेबुङ-१ गजुरमुखी पुगेको छ । गम्भीर घाइते गर्भवती महिलासहित घाइतेहरुको उद्धार गरिएको छ ।

घाइतेहरुलाई उपचारका लागि धरानको विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको छ ।

तस्बिर श्रोत : सशस्त्र प्रहरी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS