IME Life New

शनिबार बिहान ६ घण्टामा ६४ मिलिमिटर वर्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ।

मधेश प्रदेशमा सबैभन्दा धेरै ६४ मिलिमिटर वर्षा भएको छ। वीरगञ्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। त्यस्तै, गौरमा ५७, बारा महेशपुरमा ५३, कलैयामा ५४, चितवन टाँडीमा ५० र पर्सा ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।

Esewa
Crest

विभागका अनुसार मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने तुलनात्मकरुपमा थोरै वर्षा मापन गरिएको छ।

काठमाडौँ उपत्यकाको ललितपुर गोदावरी स्टेशनमा सर्वाधिक ४१ मिलिमिटर वर्षा मापन भएको छ। ललितपुरको खुमलटारमा २८, काठमाडौंको चन्द्रागिरीमा ३५, कपनमा २० र कलंकीमा २३ मिलिमिटर र भक्तपुरको नगरकोटमा ३० मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS