IME Life New

वर्षाको उच्च जोखिमः लामो दूरीका यातायात ३ दिनका लागि बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षाका कारण जोखिम उच्च बन्न थालेपछि लामो दूरीका यातायात सञ्चालन ३ दिनका लागि बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गर्दै लामो दूरीका यातायात सञ्चालन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । ‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी ३ दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको सूचनामा उल्लेख छ।

त्यस अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS