काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको वर्षातका कारण कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा बाढी पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन चेतावनी दिएको छ।
कोशीको सुनसरी, उदयपुर, मधेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिमको सम्भावना रहने महाशाखाको पूर्वानुमान छ।

















