IME Life New

विपद न्यूनीकरण लागि राजमार्गहरुमा सवारी आवागनमा ‘बाध्यकारी निषेध’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गहरुमा सवारी आवागनमा ‘बाध्यकारी निषेध’ गरिएको जानकारी दिएको छ।

भर्चुअल माध्यमबाट शुक्रबार प्राधिकरणद्वारा गरिएको विपद् संवादमा गृह सचिव रामेश्वर दंगालले संभावित विपद् व्यवस्थापनका लागि राज्यका तर्फबाट गरिने पहलका लागि आवश्यक छलफल, निर्देशन एवं कतिपय राजमार्गहरुमा सवारी आवागनमा ‘बाध्यकारी निषेध’ समेत गरिएको जानकारी दिएका हुन्।

Esewa
Crest

असोज १७ गते देखि २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा गैरसरकारी संस्थाहरुको भूमिका सम्बन्धमा विपद् संवाद गरिएको हो।

सचिव दंगालले राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्‍बाट हुनसक्ने जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको ठूलो भूमिका भएकोले विपद्का सन्दर्भमा आफ्नो भूमिका पहिचान गरेर योगदान गर्न आग्रह गरे।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका महासंघ तथा नेटवर्कका प्रमुख एवं पदाधिकारी एवं विज्ञहरुले आ-आफ्नो संगठनका तर्फबाट गरिरएको पूर्वतयारी एवं उद्धार तथा राहत क्षमताका बारेमा जानकारी दिंदै मौसम र नदीको स्थितिअनुसार संक्षिप्त एवं स्पष्ट सूचना प्रवाह गरिनुपर्ने लगायतका सुझाव दिए।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले संभावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुंगासम्बन्धी संघ-संस्था तथा निजी क्षेत्रसँग समझदारी गरिएको जानकारी दिंदै विपद्को अवस्थामा उहाँहरुको सहयोग प्राप्त हुने बताए।

भट्टले पूर्वानुमानसम्बन्धी अद्यावधिक जानकारीलाई यथाशक्य छिटो र बुझिने गरी समुदायसम्म सम्प्रेषण गरिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सबै नेटवर्कहरुलाई सक्रिय बनाउन गैरसरकारी क्षेत्रलाई आग्रह गरे।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विनोद पराजुली र मौसमविद् विनु महर्जनले असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना रहेको र असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षाको संभावना रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS