IME Life New

भारतमा ‘अनक्लेम्ड फण्ड’ को हकदाबीका लागि आह्वान गर्न देशव्यापी अभियान चलाइँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अर्थ मन्त्रालयले बीमा बैंक तथा धितो पत्र बोर्डमा वर्षाैदेखि हकवाला वा धनीको पहिचान नभएर थुप्रिएर बसेको पैसाको धनीहरूलाई प्रेरित गर्न देशव्यापी जागरण अभियान सञ्चालन गर्ने भएको छ।

शनिबारदेखि शुरू हुने अभियानलाई केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले ४ अक्टोबर २०२५ मा गुजरातको गान्धीनगरमा हरियो झण्डा देखाउने कार्यक्रम रहेको छ।

Esewa
Crest

वित्तीय सेवा विभागले  भारतीय बीमा नियामक तथा विकास प्राधिकरण, भारतीय रिजर्व बैंक,भारतीय धितोपत्र तथा विनिमय बोर्ड, र कर्पोरेट मामिला मन्त्रालय अन्तर्गत लगानीकर्ता शिक्षा तथा संरक्षण कोष प्राधिकरणसँगको समन्वयमा वित्तीय क्षेत्रको दाबी नगरिएका सम्पत्तिहरूमा दाबीका लागि प्रेरित गर्न जागरण अभियान सञ्चालन गर्न लागिएको हो।

यो अभियानलाई – तपाईंको पैसा, तपाईंको अधिकार नारासहित तीन महिने राष्ट्रव्यापी जागरूकता अभियान सञ्चालन गरिदैछ।

जीवन बीमाको दाबी, बैंक निक्षेप, लाभांश, शेयर, र म्युचुअल फन्ड आम्दानी सहित दाबी नगरिएका वित्तीय सम्पत्तिहरू, जागरूकताको अभाव वा पुरानो खाता विवरणका कारण प्रायः दाबी नगरिएका रहन्छन्।

अभियानको क्रममा, नागरिकहरूलाई उनीहरूको दाबी नगरिएका सम्पत्तिहरू कसरी खोज्ने, दस्तावेज तथा प्रमाणहरू अद्यावधिक गर्ने र दाबी प्रकृयाबारे घरदैलोमै जानकारी गराइनेछ। डिजिटल उपकरणहरू पनि प्रदर्शन गरिनेछ।

भारतीय बीमा नियामक तथा विकास प्राधिकरणका अनुसार, सन् २०२४ मा जीवन बीमा कम्पनीहरूबाट बीमितले २ खर्ब २२ अर्ब रूपैयाँ भुक्तानी लगेका छैनन् । यीमध्ये अधिकांश रकम, बीमा अवधि पुरा भइसकेको, वास्तविक धनी पत्ता लाग्न नसकेको, बीमितलाई आफ्नो बीमा कुन कम्पनीमा गरिएको छ भन्ने समेत जानकारी नभएको अवस्थामा बीमितको हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS