IME Life New

दशैंमा यी गन्तव्यहरूमा यात्रा गर्दै हुनुहुन्छ ? सावधानी अपनाउनुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवमीको राति अर्थात बुधबारदेखि शुरू भएको झरीका कारण नदीको जल सतह बढेपछि यात्रा गर्दा सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्राधिकरणले  काेशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश हुँदै बग्ने नदीको जल सतह बढेर बाढीको खतरा भएको र स साना नदीमा आकस्मिक बहावको संभावना उच्च रहेको हुँदा सावधानी अपनाउन सचेत गराएको हो।

Esewa
Crest

बागमतीकाे काठमाडाैं र काभ्रे, सिन्धुपालचोक, रसुवा, मकवानपुर, चितवन, काेशीको संखुवासभा,ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, राैतहट र आसपासका जिल्ला भई बग्ने स साना नदीहरूमा आकस्मिक बहावको संभावना उच्च रहेको जानकारी प्राधिकरणले दिएको छ।

यी गन्तव्यहरूमा सकेसम्म टाढा र रातिको समयमा यात्रा नगर्न, पहिरो र नदि किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन, डुबान हुने क्षेत्रका बासिन्दाहरू अग्लो र नदीको किनारभन्दा टाढाको सुरक्षित स्थानमा बास बस्न प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले राजमार्गको अवस्था हेरेर पहिरो पन्छाउनका लागि डोजर लगायतका उपकरण तयारी अवस्थामा राख्न जिल्ला विपद व्यवस्थापन समितिलाइ निर्देशन दिएको छ। यसबाहेक स्थानीय अवस्था विश्लेषण गरेर सवारी साधनको आवागमनमा रोक लगाउन समेत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS