IME Life New

भारतमा जिएसटी खारेजीसँगै एलआईसीको दैनिक संकलन बढ्यो दोब्बर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले व्यक्तिगत परम्परागत जीवन बीमालेखहरूमा वस्तु तथा सेवा कर (जीएसटी) खारेज गरेपछि पहिलो दिन नै भारतीय जीवन बीमा निगम (एलआईसी) को दैनिक बीमाशुल्क आम्दानी दोब्बर बढेको छ।

एशियनइन्स्योरेन्स पोष्टका अनुसार, सरकारी स्वामित्वको यो जीवन बीमकले एकै दिनमा १,१०० करोड भारतीय रुपैयाँभन्दा बढीको आम्दानी गरेको छ।

Esewa
Crest

सामान्यतया यो कम्पनीले खुद्रा बीमितबाट बीमाशुल्कवापत मासिक ५ हजार करोड भारतीय रूपैयाँ संकलन गर्छ।

कर राहत पछि पहिलो दिनमै देखिएको आम्दानीले बीमितहरूमा सकारात्मक भावना र बीमा क्षेत्रको लागि सम्भावित वृद्धिलाई इंगित गरेको विश्लेषकको भनाई छ। उनीहरूले व्यक्तिगत बीमालेख खरिदमा वस्तु तथा सेवा कर हटाउँदा परम्परागत जीवन बीमालेखहरू व्यक्तिगत ग्राहकका लागि अझै सस्तो र आकर्षक बनेको धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS