IME Life New

बीमकले सिएसआरको पैसा सरकारी पुनर्निर्माण कोषमा योगदान गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरूले सरकारी पुनर्निर्माण कोषमा योगदान दिएको रकम पनि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गतको खर्चमा समावेश गर्न पाउने भएका छन्।

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिले आइतबार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० मा दोश्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

Esewa
Crest

निर्देशिकाको दफा ४८ मा संशोधन गर्दै प्राधिकरणले प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्च समेत सामाजिक उत्तरदायीत्व अन्तर्गतको खर्चमा समावेश गर्न सकिने व्यवस्था गरेको हो।

प्राधिकरणका अनुसार “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ४५ को उपदफा (२) को खण्ड (घ) पछि खण्ड (ङ) थप गरिएको छ।

दफा ४८ मा बीमकले संस्थागत सामाजिक उत्तरदायीत्व सम्बन्धी कार्यमा कृयाशिल हुन प्रत्येक आर्थिक वर्षको खुद नाफाको १ प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायीत्व कोष खडा गर्नुपर्ने प्रावधान छ।

भ्रष्टाचारविरूद्ध जेन जी(तन्नेरी पुस्ता)ले भदाै २३ र २४ गते गरेको प्रदर्शनका क्रममा अदालत, सिंहदरबार, प्रहरी चाैकी, सरकारी कार्यालयहरू आगजनी र लुटपाट गरेर ध्वस्त बनाइएपछि पुनर्निर्माणका लागि वित्तीय श्रोतको अभाव भएको भन्दै सरकारले सहयोगका लागि सार्वजनिकरूपमा आह्वान गरेको छ।

एआइ सिर्जित काल्पनिक तस्वीर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS