IME Life New

जेनजी आन्दोलनः हिमालयन एभरेस्टबाट हालसम्म क्षतिग्रस्त सम्पत्तिको पौने २२ करोड दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन एभरेस्ट इन्स्योरेन्सले हालसम्म भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको पौने २२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।

हालसम्म हिमालयन एभरेस्टमार्फत बीमा भई क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ। ‘जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथाशीघ्र दाबी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेका थियौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त दाबी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दाबी भुक्तानीबापत हो।’

Esewa
Crest

नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोजराज लुइटेलले बताए।

यसका साथै उच्च प्राथमिकताका साथ भइरहेको दाबी भुक्तानी बडादसैँको सार्वजनिक बिदापश्चात पुनः यथावत हुने कम्पनीले जनाएको छ। ‘कम्पनीले विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमित ग्राहकको सुविधा र आर्थिक राहातका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहात र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको छ।’

यसैगरी हिमालयन एभरेस्टमार्फत बीमा भई क्षतिपूर्तिको दाबी भुक्तानी बाँकी रहेका बीमितलाई आवश्यक कागजात र प्रक्रिया पुर्याएर आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्नसमेत कम्पनीले अनुरोध गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS