काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुनको भाउ तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ७० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २८ सय १० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो चाँदीको भाउ प्रतितोला २७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

















