IME Life New

अब बिगार्ने होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्छः पूर्वराजा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अब मुलुक बिगार्ने होइन सपार्नेतिर कार्यक्रमहरु अघि बढाउनुपर्ने बताएका छन्।

विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराज शाहले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो। हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ’, सन्देशमा भनिएको छ, ‘विगतको केही समययता देश र जनताको सर्वोत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सड्लो दृष्टिकोण अघि सार्दै आएको थियौँ। नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ।’

Crest

विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई आफूहरुले ग्रहण गर्नुपर्ने पूर्वराजा शाहको भनाइ छ। ‘भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ। युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ। युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन्’, उनले भनेका छन्, ‘उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ। यही समयको माग हो। हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ। बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे। अब बिगार्ने होइन सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ।’

सन्देशमा सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि आफूहरुमा हुनै पर्ने उल्लेख छ। ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो, अबको नयाँ पुस्ता् आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्’, सन्देशमा भनिएको छ।

‘हामी नेपालीहरुको राष्ट्रिय चाड विजयादशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ। नवदुर्गा भवानीको पुजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदानप्रदान गरिने दसैँ पर्वको शुभ अवसरमा नेपालभित्र र बाहिर रहे बसेका सबै नेपालीमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौँ’, सन्देशमा भनिएको छ, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारिक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ। आमशुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैँ बृहत्त रुपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछु। श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथतर्फ अग्रसर राखून् यही कामना छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS